बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
आजको दैनिक राशिफल

आज २०८१ साल पुस २८ गते आइतबारको आजको दैनिक राशिफल

दाङ - आज २०८१ साल पुस २८ गते आइतबार तदनुसार सन् २०२५ जनवरी १२ तारिख। पुस शुक्ल पक्षको चतुर्दशी तिथि। सिन्धुपाल्चोकमा नारायण मेला। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको दैनिक राशिफल

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
घरायसी कार्यमा बढि समय दिनु पर्ने छ । उधोग तथा व्यापारमा लाभ  रहनेछ । बचत धन खर्च गर्नुपर्नेछ  । पुरानो  कामले केहि  समस्या ल्याउन सक्नेछ । पे्रमिप्रेमिका तथा दाम्पत्य जीवनमा असझदारी बढनेछ । कार्यमा चुनौति रहेता पनि प्रतिस्पर्धा बाट सफलता रहनेछ । नियमित कार्यमा ठिकै रहला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अध्ययन क्षेत्रमा सफलता रहनेछ । पहिलेका कमीकमजोरी लाई सुधार गर्ने अवसर प्राप्त रहनेछ । बोलिको प्रभाव बढने छ । पारिवारीक दायित्वमा बृद्धि रहनेछ । बौद्धिकताले अवसर मिलाउने छ । आम्दानीमा फाईदा  रहनुका साथै  धन आर्जनका स्रोत बढनेछन । ल्याउनु पर्ने रकम प्राप्त हुने समय छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
पहिलाको कार्यबाट सफलता रहनेछ । रमाईलो जमघटमा स्वादिष्ट भोजनको योग रहनेछ । पहिलेका कमिकमजोरीलाई सुधार गर्ने समय छ । विशिष्ट व्यक्तिहरु सग भेटघाट हुनेछ । मन प्रशन्न हुनेछ । नबिन कार्यको थालनी हुनेछ । आर्थिक लाभयुक्त समय रहनेछ । रचनात्मक कार्य गर्नेबेला भएको छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा चुनौति रहेता पनि आत्मा बिश्वास लिएर अगाडि बढनु होला । लाम्रो आम्दानी हुने कार्यमा लाग्न सकिनेछ । यात्राको तय हुन सक्नेछ । जिद्धिपनले कार्यमा बाधा पर्नेछ । धैर्यता पूर्वक कार्यलाई अगाडि बढाउनु उपयुक्त हुनेछ  । सामाजिक दायित्व बढनेछ । घर बाहिरका कार्य बाट सफलता रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
परिश्रम अनुसार फल प्राप्त नहुन सक्नेछ । सोचे भन्दा कम आम्दानी बढि खर्चयुक्त समय रहनेछ । अवसर प्रशस्त्रै आउनेछन तर लाभ लिन नसकिएला । प्रयासबाट नै कार्यमा सफलता  रहनेछ । सर सहयोगमा धन खर्च हुनेछ । बिदेश जानेको लागि उपयुक्त समय छ । बौद्धिक क्षेत्रमा केहि बिकास हुनेछ ।

 कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
काम अनुसारको प्रतिफल मिल्न अप्ठेरो हुनेछ । आशा देखाउने र सहयोगि बाट धोका  रहला । जग्गा जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ  । आर्थिक लाभ नहुने काममा जिम्मेवारी रहनेछ । व्यावसायमा फाईदा नै  रहला । अरुलाई प्रभावित पारेर आफनो काम बनाउने समय रहेको छ । किर्तिमान काम हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रतिष्ठा कमाउने समय  रहेको देखिन्छ । सामाजिक सेवाभाव रहनेछ । रोकिएका काम सम्पादन हुनेछन । नविन कार्यमा सफलता मिल्नेछ  । शुभ कार्र्यको योग रहनेछ । परोपकारी कार्य बाट लाभ रहनेछ  । धेरैले तपाईको प्रशंसा गर्नेछन । गोपिनियता लाई ख्याल गरेर अगाडि बढनु होला । परिश्रमको फल अवश्य मिल्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
काममा केहि समस्या रहेता पनि मेहनत बाट सफलता रहनेछ । सहयोगिको साथ बाट कार्यमा सफलता रहनेछ  । आन्तरिक कुरा खुलासा हुनेछ । नसोचेको ठाउबाट लाभ मिल्नेछ । घराँयसी कार्यमा बढि अलमलमा परिनेछ  । आर्थिक क्षेत्रमा अथवा लेनदेनमा सावधानी अपनाउनु होला । प्रयास बाट काम बन्नेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसर प्राप्ती हुनाले मन प्रशन्न हुनेछ  । आफन्त तथा साथीहरुको सहयोगले कामहरु बन्नेछ । राम्रो पहिरन लगाउने कुरामा ध्यान जानेछ । मन पर्ने भौतिक साधन खरिद गर्ने समय रहेको देखिन्छ । आय बढाउनका लागि कामहरु बढनेछ  । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । नयाँ ज्ञान सिक्ने वेला छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफनो कार्यमा अरुले अधिकार लिने प्रयास गर्नेछन । अनाबश्यक आरोप लाग्न सक्नेछ  । अनाबश्यक खर्चको समय रहनेछ । दैनिक कारोबारोमा  साबधानी भएर अगाडि बढनुहोला । बैदेशिक काममा मन जानेछ । भौतिक साधन सा्रेत जम्मा गर्ने वेला भएको छ । प्रयास बाट कार्यले पूर्णता पाउनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
मान प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ  । दिन उत्साह पूर्ण  रहनेछ । राम्रो समाचार सुन्न पाईएला । कृषि ,पशुपालन क्षेत्रमा लाभ रहनेछ । शैक्षिक क्रियाकलापमा सफलता रहनेछ । बौद्धिक क्षेत्रमा सफलता रहनेछ  । काममा सफलता रहला । प्रतिस्पर्धामा सफलता रहनेछ । समय अनुसार चल्नु पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
टाढिएका आफन्तहरु न्जिक आउनेछन । घरमा बसेर पनि धेरै कार्यहरु सम्पादन हुनेछन । आफन्त  सँग भेटघाट हुनेछ । कृषि तथा पशुपालन बाट लाभ नै रहनेछ । वातावरण तथा प्रकृतिमा रमाउने समय देखिन्छ । आफनो मेहनत बाट अरुलाई बढि फाईदा हनेछ । साझेदारीमा समस्या आउनेछ ।

 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्