बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

भावनामा बगेर होइन, यथार्थमा रहेर मूल्याङ्कन गरौँ : मुख्यमन्त्री आचार्य

शुक्रबार, माघ ४, २०८१

काठमाडौ‌ - गाउँमा विकास पुर्‍याउने काम प्रदेश सरकारले गरिरहेको र जनजीवनमा सकारात्मक परिवर्तन देखा परेको मुख्यमन्त्री चेतनाराण आचार्यको भनाई छ । प्रदेश सरकारले प्रदेश गौरवका आयोजनालाई तीव्रता दिएको र चाँडै सम्पन्न गर्नेगरी रणनीति बनाएको बताउनु भयो । पाल्पाको रामपुरदेखि रोल्पाको जिनावाङ्ग सडक, लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्रदेश प्रशासनिक केन्द्र भवन निर्माण, लुम्बिनी प्राविधिक विश्व विद्यालय नेपालगञ्जको कामलाई सरकारले गति प्रदान गरेको भनाई उहाँको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कान्तिपुर सँग मुख्यमन्त्री कार्यक्रममा नागरिकले उठाएका सवालहरूको जवाफदिदै मुख्यमन्त्री आचार्यले नागरिकका समस्या सुन्न, पिर मर्का बुझ्न प्रदेश सरकार जतिबेला पनि तयार रहेको बताउनु भयो ।‘जनताको पिर मर्का बुझ्नकै लागि सरकार बनेको हो । नीति, नियम, कानून बनाएर समस्यालाई समाधान गर्नेगरी कामहरू भइरहेका छन्’उहाँले भन्नुभयो,‘केही कामहरू अझै गर्न बाँकी छन् । त्यसमा सरकारले ध्यान दिएको छ ।’

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्