बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम स्वीकृत

शनिबार, माघ ५, २०८१

इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । यो अनुमोदनसँगै अब भोलि आइतवारदेखि युद्धविराम लागू हुने बाटो खुलेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

युद्धविराम प्रस्ताव अनुमोदन गर्ने/नगर्ने विषयमा घण्टौँसम्म छलफल भएको थियो । दुई जना मन्त्रीहरूले सम्झौताको विरोधमा मतदान गरेका बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र सुरक्षा मन्त्रिपरिषदले युद्धविरामले युद्धको उद्देश्य प्राप्त गर्न सहयोग गर्ने भन्दै अनुमोदन गर्न सिफारिश गरेको थियो । हमासले पनि युद्धविराम सम्झौता र बन्धक रिहाइको सम्झौता पारित गरिसकेको छ ।

अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा गएको बुधवार राति दोहामा भएको वार्तामा सहमति जुटेको थियो । इजरायलको मन्त्रिपरिषद्ले यो सम्झौता अनुमोदन गरेसँगै १५ महिनादेखिको युद्ध रोकिने छ ।

सम्झौताअनुसार हमासले विभिन्न चरणमा ३३ जना बन्धक रिहाइ गर्नेछ भने इजरायलले सयौँ प्यालेस्टाइनी कैदीलाई मुक्त गर्नेछ । इजरायली सेना पनि गाजाको घना बस्ती भएको क्षेत्रबाट फिर्ता हुनेछन् ।

विस्थापित प्यालेस्टाइनलाई आफ्नो घर फर्कन अनुमति दिइनेछ र हरेक दिन सयौँ सहायता ट्रकहरूलाई गाजा प्रवेश गर्न अनुमति दिइनेछ । पहिलो चरणको सम्झौता कार्यान्वयनपछि दोस्रो चरणको सम्झौता हुनेछ । जसमा, बाँकी बन्धकहरूलाई रिहा गर्ने, इजरायली सेना पूर्ण रुपमा फिर्ता लिने र दीगो शान्तिको थालनी हुनेछ । अन्तिम चरणमा गाजाको पुनर्निर्माण हुनेछ ।

गाजा ध्वस्त भइसकेकाले पुनर्निर्माणको लागि केही वर्ष लाग्न सक्छ । कतारले पहिलो चरणमा रिहा गरिने बन्धकहरूमा महिला, महिला सैनिक, बालबालिका, वृद्ध, बिरामी र घाइते नागरिकहरू समावेश हुने बताएको छ ।

सन् २०२३ को अक्टोबरमा हमासले १२ सय जनाको ज्यान जानेगरी इजरायलमा आक्रमण गरेको थियो भने २ सय ५१ जनालाई बन्धक बनाएको थियो  । यसअघिको युद्धविराममा केही बन्धकको रिहाइ भइसकेको छ, केहीको युद्धकै क्रममा ज्यान गएको छ । ६० जनाको हाराहारीमा अझै जीवित रहेको अनुमान छ ।

नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएको छ । सम्झौताअनुसार शुरुमा छुट्ने ३४ जनाको सूचीमा थपिएर नेपाली विद्यार्थी विपिन पनि मुक्त हुन सक्ने र आइतवार छुट्ने सूचीमा नपरे त्यसको १६औँ दिनमा जोशी छुट्ने नेपाल सरकारको विश्वास छ ।

हमासले गरेको आक्रमणको जवाफमा इजरायलले गाजा नै ध्वस्त हुनेगरी जवाफी कारबाही शुरू गरेको थियो । १५ महिनामा गाजामा ४७ हजार जनाको ज्यान गएको छ । २३ लाख जना मानिस विस्थापित भएका छन् । गाजामा खाद्यान्न, ईन्धन, औषधि र आश्रयको चर्को अभाव छ ।

 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्