Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

चुनावसम्म यही सरकार रहिरहे माओवादी केन्द्रलाई फाइदा हुन्छ : प्रचण्ड

शनिबार, माघ १२, २०८१

दाङ - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पिर मर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरूको धारणा सकारात्मक रहेको बताउनुभयो ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उहाँले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताउनुभयो। “जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौँ”, उहाँले भन्नुभयो ।

सत्तारुढ राजनीतिक दलहरूमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका  स्वीकार गर्दै तिनलाई सच्याएर अगाडि बढ्ने उहाँले जोड दिनुभयो । साथै उहाँले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्