अमेरिकाले रोक्यो ९० दिनका लागि सबै वैदेशिक सहायता

आइतबार, माघ १३, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

अमेरिका - अमेरिकाले सबै वैदेशिक अनुदान तत्कालका लागि रोकेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अहिले कायम वैदेशिक सहायता र नयाँ अनुदान वितरण कार्य स्थगन गर्न मातहत निकायलाई निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सोमवार हस्ताक्षर गर्नुभएको वैदेशिक अनुदान पुनर्मूल्याङ्कनसम्बन्धी कार्यकारी आदेशका आधारमा  ट्रम्प प्रशासनले ९० दिनका लागि वैदेशिक सहायता रोकेको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले मातहतका निकायमा अनुदान रोक्न जारी गरेको निर्देशनमा प्रस्तावित नयाँ सहायता वा हाल कायम अनुदानको थप बिस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ अनुदान वा विद्यमान अनुदान विस्तारका लागि कुनै पनि नयाँ कोष नबनाउन भनिएको छ ।

आपत्कालीन खाद्य सहायताका साथै इजरायल र इजिप्टको सैन्य कोषका लागि गर्ने सहयोगमा रोक लागेको छैन । तर गाजामा मानवीय सहायता र सुडानलगायत विभिन्न देशको भोकमरीको सङ्कटमा सहायता प्रभावित हुने बीबीसीले उल्लेख गरेको छ ।  

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्