Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदिप वाग्ले

सोमबार, माघ २८, २०८१

दाङ - प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदिप वाग्लेलाई चयन गरिएको छ । सोमबार  लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा भएको तेस्रो अधिवेशनले वाग्लेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।475863677_8942349509217967_3761330185412628695_n-1739201501.jpg
जसको उपाध्यक्षमा भुपेन्द्र प्रकाश वली , समावेशी उपाध्यक्षमा चिन्ता परियार, महिला उपाध्यक्ष देवि गुरूङ, महासचिबमा कमल रायमाझी, सचिबमा तिलाचन पार्दे, महिला सचिवमा अनिता पोख्रेल, जनजाती सचिबमा जितेन्द्र बुढा, दलित सचिबमा भरत नेपाली, सचिबमा जिवलाल सुबेदी, कोषाध्यक्षमा प्रकाश वैद्यलाई चयन गरिएको छ ।

त्यस्तैगरी लेखा समिति संयोजकमा मिन अधिकारि चयन गरिएको छ । यस्तैगरी सदस्यहरूमा चिरञ्जीवी न्यौपाने, शिवु खनाल, रमेश गैरे, सञ्जय सौजात, डिबी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदिप गुप्ता, राजु तगाल, बालाराम शेर्पाइली, विरेन्द्र गिरी, राजु रिजाल क्षेत्री लाई चयन गरिएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्
समाचार