बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

हामीले जनयुद्ध देशको आमूल परिवर्तनको निम्ति गरेका हौं । : उपाध्यक्ष महरा

बिहीबार, फागुन १, २०८१

दाङ - हामीले जनयुद्ध देशको आमूल परिवर्तनको निम्ति गरेका हौं । : महरा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख कृष्ण बहादुर महराले देशको आमूल परिवर्तनको लागि जनयुद्ध गरेको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

नेकपा माओवादी केन्द्र घोराही नगर समिती १३ नम्बर वडाले आयोजना गरेको सहिद धन प्रसाद श्रेष्ठ क.गर्जनको सालिक अनावरण कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो । अहिले देशले जुन उपलब्धि पाएको छ त्यो सबै जनयुद्धको उपलब्धि भएको बताउदै उहाले केही तत्वले यो उपलब्धि फर्काउन चाहेको बताउनुभयो ।

"गणतन्त्र धर्म निरपेक्षता आदि आदि कुरा जनयुद्धले गर्दा प्राप्त भयो । तर आज केहि तत्वले यो कुरा उल्टाउनु खोजेको छ मास्न खोजेको छ । तर हामी यस्को रक्षा गर्न लागेका छौ र अझ समृधा बनाउन चाहन्छौं ।" उहाले बताउनुभयो ।

उहाले यो अभियान निरन्तर जारी रहेको पनि बताउनुभयो । उहाले जनयुद्ध फेरि त्यस्तै नहुने तर फरक स्वरुपमा चलिरहने उहाँले बताउनुभयो । उहाले सहिदको सपना यति मात्रै नभएको र हामी त्यो सपना पूरा गर्ने अभियानमा रहेको बताउनुभयो ।

आज ३० औं जनयुद्ध दिवसको अवसरमा सहिदको सालिक अनावरण गर्न पाउँदा खुसि व्यक्त गर्दै नया ढंगले नया स्प्रीडमा काम गर्ने संकल्प गर्न आह्वान गर्नु भयो । पार्टी झण्डै बुर्जुवा पार्टिमा ढल्किन खोजेको तर केन्द्रिय समितिको बैठकले सहि दिशा पकडेको भन्दै सच्चा कम्युनिस्ट बन्न संकल्प गर्न अनुरोध गर्नुभयो

। नेकपा माओवादी केन्द्र घोराही नगर समिति १३ नम्बर वडाका वडा अध्यक्ष हर्क राज घर्ती क. राजेश को अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता तथा केन्द्रा केन्द्रिय सदस्य हेमराज शर्मा डाइमण्डका बिशिस्ट अतिथ्यता र केन्द्रिय सदस्य भिम कुमारी बुढा क. निशाना तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसी डांगी मिलनको आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण वडा सचीव श्याम बि.क.ले गर्नु भएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल घोराही शाखाका सचीव सुबिन राज सेर्पाइलिले सहिद गर्जनको बारेमा बताउनुभएको थियो । वडाले बाह्रकुने दहमा रहेको उक्त कार्यक्रम गरेको थियोे ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्