बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

बंगलाचुलीमा विभिन्न कार्यक्रम गरी मनाईयो जनयुद्ध दिवस 

बिहीबार, फागुन १, २०८१

कमिरेचौर १ फागुन - नेकपा माओवादी केन्द्र बंगलाचुलीले जनयुद्ध दिवसको अवसरमा जनश्रमदान बाट स्थानिय सडकको मर्मत गरेको छ । पार्टीले बंगलाचुली गाउँपालिका वडा नम्वर-३ को लमपोखरी देखि आधार भूत विद्यालय दाङवाङ सम्म जाने झण्डै दुई किलोमिटर स्थानिय सडको मर्मत गरेको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

नेपमा माओवादी केन्द्र बंगलाचुलीका युवा नेता एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको पहलमा ४० घरधुरी स्थानियको सक्रिय सहभागितामा जनश्रमदान गरिएको थियो । यसैविच नेपमा माओवी केन्द्र बंगलाचुलीले जनयुद्ध दिवसको अवसरमा बंगलाचुली गाउँपालिकाको हरेक वडाहरुमा जनयुद्ध दिवस मनाएको छ । 479255670_1170842707732105_7460888266812758700_n-1739462310.jpg
पार्टीका गाउँकमिटी सचिव गोपिराम थापाका अनुसार बंगलाचुली गाउँपालिकाको वडा नम्वर १ देखि ८ सम्मका सबै वडाहरुमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाईएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ८ मा वडा पार्टीका अध्यक्ष देविराम गाहा मगरको अध्यक्षता एवं पार्टीका नेता गिरराज बाँठामगरको प्रमुख आतिथ्यता एवं वडा नम्वर ८ का अध्यक्ष झविन्द्र बहादुर गाहामगरको विशिष्ठ आतिथ्यमा कार्यक्रम गरिएको थियो ।

 बंगलाचुली गाउँपालिका वडा नम्वर ७ मा खिमु वैजाली मगरको अध्यक्षता एव् वडा अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमले जनयुद्धका सहिदहरुको सम्झनामा हिरामनोज स्मृति पुरुष तथा महिला भलिवल प्रतियोगिता राख्ने भएको छ । सहिद परिवारका सदस्य पुरन सारुको आयोजनामा उक्त प्रतियोगिता हुने भएको छ ।

यस्तैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर पाँचमा कुस बहादुर पुन मगरको अध्यक्षता एवं पार्टीका नेता फनाधर बुढामगरको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका विच जनयुद्ध दिवस मनाईएको छ। सो कार्यक्रममा वडा मन्वर ५ का स्थानियहरुको उत्साहजनाक सहभागिता रहेको थियो ।  त्यसैगरी वडा नम्वर २ मा दिप प्रज्वलन, तथा मसाल जुलुस गरिएको छ वडा पार्टी अध्यक्ष मेघराज घर्तीको अध्यक्षता एवं पार्टीका नेता मेघ बहादुर रानामगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । भने वडा नम्वर एक,चार र छ मा पनि विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाईएको पार्टीका सचिव गोपीराम थापाले जानकारी दिनुभयो । 

479687839_1170842701065439_766440017306041839_n-1739462388.jpg

479104510_1170842797732096_1888306492426996524_n-1739462387.jpg

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्