लोकतन्त्रको विकल्प छैन : गृहमन्त्री रमेश लेखक

शनिबार, फागुन १०, २०८१


काठमाडौ, १० फागुन -  गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनुभयाे। आज काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउनुभयाे ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ, यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो, त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ’, उहाँले भन्नुभयाे

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताउनुभयाे। दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उहाँले बताउनुभयाे। संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याउनुभयाे ।

कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता हुन् भन्दै उहाँले  राज्यका सबै अंगमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफू लागिपरेको बताउनुभयाे।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्