व्यापार सम्बन्ध सृदृढ बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको युएई भ्रमण

बुधबार, फागुन २, २०८०

काठमाडौँ  - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा जानुभएको छ । दुवै देशले प्रमुख व्यापार र यातायात मार्गमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । मोदीको पछिल्लो आठ महिनामा यो तेस्रो युएई भ्रमण हो । 

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

उहाँको यो भ्रमण अप्रिलमा शुरु हुने भारतको राष्ट्रिय चुनावअघि भएको हो । हिजो अबुधाबीमा भएको सामुदायिक कार्यक्रममा हजारौँ प्रवासीहरूलाई सम्बोधन गर्नुभएको मोदीले आज त्यस क्षेत्रको सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

युएईमा रहेका भारतीयहरूले विदेशबाट मतदान गर्न नपाउने भए पनि यो भ्रमण मुख्यरूपमा प्रवासी भारतीयहरूलाई प्रेरित गर्नेमा केन्द्रित रहेको विशेषज्ञहरूले बताएका छन् । युएईमा झण्डै ३५ लाख भारतीय रहेका छन् । उनीहरू खाडी देशको सबैभन्दा ठूलो आप्रवासी समुदाय हुन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार  प्रधानमन्त्री मोदीले हिजो युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेटेर द्विपक्षीय लगानी सन्धि, २०२२ मा हस्ताक्षर भएको बृहत् आर्थिक साझेदारी सम्झौतामा निर्माणलगायत धेरै सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । उहाँ आज स्वदेश फर्कनु हुनेछ

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
समाचार