बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

राप्ती गाउँपालिकाद्वारा सहिद परिवारलाई सुपानेट झुल वितरण सुरु

बुधबार, फागुन २१, २०८१

सिसहनियाँ - दाङको राप्ती गाउँपालिकाले सहिद परिवारलाई सम्मानस्वरूप सुपानेट झुल वितरण सुरु गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

देशको व्यवस्था परिवर्तनका लागि जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरूमा सहिद भएका व्यक्तिहरूकाे परिवारलाई सम्मानस्वरूप सो झुल वितरण गर्न थालिएको हो।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहिद परिवारहरूलाई गाउँपालिकाले सदैव सम्मान गर्ने बताउँदै सहिदहरूको त्यागको कदर गर्नु पालिकाकाे दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले सहिद परिवारलाई सहयोग पुर्‍याउन सके मात्र साँचो श्रद्धाञ्जली व्यक्त हुने धारणा राख्नुभयो।

कुनै औपचारिक कार्यक्रम गरेर दोसल्ला ओढाउने परम्परागत शैलीभन्दा सहिद परिवारकाे घरदैलोमा पुगेर उनीहरूकाे वास्तविक आवश्यकता बुझ्दै सहयोग गर्नु नै प्रभावकारी सम्मान हुने अध्यक्ष विष्टको भनाइ थियो।

यसै क्रममा मंगलबारदेखि सुरु गरिएको झुल वितरण कार्यक्रमअन्तर्गत पहिलो दिन वडा नम्बर ३ र ५ का केही सहिद परिवारलाई सुपानेट झुल प्रदान गरिएको छ।

झुल वितरण कार्यले लामखुट्टे टाेकाईबाट बचाई स्वास्थ्य सुरक्षामा समेत सहयोग पुग्ने  विश्वास लिइएको छ। पालिकाले सबै वडाका सहिद परिवारका घरमै पुगेर झुल वितरण गर्ने जनाएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चौधरी, कार्यपालिका सदस्य रण बहादुर पुजाली, चम्फा भुसाल, ३ नम्बर वडा सदस्य इश्वरी परियार, वडा नम्बर २ का पूर्व वडा अध्यक्ष जगत थापा, समाजसेवी बसन्तराज शर्मा, तुला गिरी, दुर्योधन पाण्डे लगायतको उपस्थिति रहेको थियो।

पालिकाले सहिद परिवारका लागि आगामी दिनमा थप राहत तथा सहयोग कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाउँदै शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका क्षेत्रमा विशेष प्राथमिकता दिइने बताएको छ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्