राजावादीको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु

शुक्रबार, चैत १५, २०८१

काठमाडौं - राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

तीनकुनेको घरबाट उनले लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो।

उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्