राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

शुक्रबार, चैत १५, २०८१

काठमाडौं - राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

 कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो।  त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो।

उनी अस्पताल पुर्‍याउँदै मृत भेटिएको आचार्यले बताए। शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरको आन्दोलन अनियन्त्रित भएको थियो।

 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्