Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

जडीबुटी कम्पनीमा राजावादीले लगाए आगो

शुक्रबार, चैत १५, २०८१

काठमाडौं - राजावादी समूहले काठमाडौंको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन्।

राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरू गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएका छन्।

 कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले दिउँसो साढे २ बजे बाहिरबाट ढुंगामुडा सुरू भएको बताइन्। त्यसपछि राजावादी समूहले कार्यालयमा आगो लगाएपछि भागेर ज्यान जोगाएको बताइन्।

राजधानी काठमाडौंमा राजावादीहरूको आन्दोलन उग्र बनेको छ। काठमाडौंको तीनकुने आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ। साभार न्यूजकारखाना

 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्