बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

घोराहीका सामुदायिक बिद्यालयमा विद्यार्थी नभए स्कूल घटुवाः मेयर चौधरी

बिहीबार, चैत २१, २०८१

दाङ - दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कक्षा ८ मा विद्यार्थी अनुत्तीर्ण भएर नौ कक्षामा विद्यार्थी थोरै हुने अवस्था आएका विद्यालयलाई घटुवा गर्ने चेतावनी दिनुभएको छ । ‘कतै शतप्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्, कतै दुई, चारजना उत्तीर्ण भएका छन्’– मेयर चौधरीले भन्नुभयो– ‘धेरै विद्यार्थी ८ मै रोकिने तर २–४ जनालाई नौ कक्षा पढाउन विषयगत शिक्षकलाई राख्न सकिदैन । बरु उत्तीर्ण भएकालाई अर्को नजिकको विद्यालयमा सुविधासहित पठनपाठनको व्यवस्था गरिन्छ । त्यस्तो परिस्थितिका विद्यालय घटुवामा पर्छन ।’

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उहाँले घोराहीको शैक्षिक गुणस्तरको अवस्था के छ भन्ने कक्षा ८ को नतिजाले दर्शाएको भन्दै यसलाई सुधार गर्न उपमहानगर, शिक्षक, विद्यार्थी र अभिभावक लाग्नुपर्ने बताउनुभयो । ‘यति धेरै विद्यार्थी फेल भएको देखिन्छ, यो नतिजा विद्यार्थीको मात्रै होइन, यो नतिजा शिक्षकको पनि हो, अभिभावक र उपमहानगरको पनि हो’– नगर प्रमुख चौधरीले भन्नुभयो– ‘बल्ल हाम्रो अवस्था थाहा भयो । अब कक्षा पाँचको परीक्षा पनि नगरस्तरीय बनाउने योजनामा छौं ।’ उहाँले शैक्षिक अवस्था सुधार गर्न आठ कक्षामा मात्रै पढाएर नहुने र त्यसका लागि बाल विकासबाटै मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । साभार

कार्यक्रममा सामुदायिक विद्यालयको तर्फबाट हापुर निघुवारका प्रधानाध्यापक अर्जुनकुमार न्यौपानेले यस्तो नतिजाको जिम्मेवारी शिक्षकहरुले पनि लिने भन्दै आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । यस्तै घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले शिक्षकहरुलाई जवाफदेही हुन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले विद्यालयमा प्रोत्साहन र दण्डलाई लागु गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै प्याव्सन घोराहीका अध्यक्ष बालकृष्ण वलीले शैक्षिक गुणस्तरमा निजी विद्यालयको योगदानलाई उपमहानगरले मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्