बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

शिक्षक आन्दोलनप्रति राप्ती गाउँपालिकाको ऐक्यबद्धता : शिक्षकका जायज माग चाँडो सम्बोधन गर्न सरकारलाई आग्रह

बुधबार, चैत २७, २०८१

मसुरीया, २७ चैत - दाङको राप्ती गाउँपालिकाले काठमाडौँमा जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकारलाई शिक्षकका जायज माग शीघ्र सम्बोधन गर्न आग्रह गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बुधबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई पत्र लेख्दै आन्दोलनरत शिक्षकका जायज मागहरू शीघ्र सम्बोधन गर्न आग्रह गरेका हुन्।

संघीय शिक्षा ऐन हालसम्म जारी नभएकै कारण आफ्नो माग सम्बोधन नभएको भन्दै राप्ती गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू चैत २० गतेदेखि काठमाडौँ केन्द्रित अनिश्चितकालीन आन्दोलनमा सहभागी छन्। यस आन्दोलनका कारण विद्यालयका नियमित कामकाज, विद्यार्थी भर्ना तथा नतिजा प्रकाशन जस्ता महत्वपूर्ण प्रक्रिया प्रभावित भएका छन्।

यस सन्दर्भमा राप्ती गाउँपालिकाले नेपालको संविधान र स्थानीय तहको अधिकार अनुसार शिक्षा व्यवस्थामा असर नपर्ने गरी शिक्षक तथा कर्मचारीका पेशागत मागप्रति ऐक्यबद्धता जनाएको छ। साथै, आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा फर्कन सक्ने वातावरण सिर्जना गर्न सरकारलाई हार्दिक अनुरोध गरिएको छ ।

WhatsApp-Image-2025-04-09-at-9.17.45-PM-1744213868.jpeg
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्