Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

चीनले ८४% कर लगाए पछि ट्रम्पले भने, अब अमेरिका सर्नुहोस्’

बिहीबार, चैत २८, २०८१

वासिंगटन डिसी, २७ चैत - चीनले अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेपछिको पहिलो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन  प्रोत्साहन दिइरहेको बताएका छन ।

सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’

चीनको समानमा १०४ प्रतिशत कर लगाउने घोषणा गरे पछि चीनले पनि भोली देखी नै लागु हुने गरी जवाफमा ८४ प्रतिशत कर लगाएको छ । चीनमा रहेका कतिपय अमेरिकन उधोगलाइ शंकास्पद सुचीमा राखेको घोषणा पनि गरिएको छ।
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्
समाचार