माओवादी उपाध्यक्ष सापकोटाले भेटे पत्रकार रजकको परिवारलाई

बिहीबार, चैत २८, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं, २८ चैत - नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा आज राजावादी आगजनी(चैत्र १५ को)मा हत्या भएका पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेका छन् ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

पार्टी अध्यक्ष प्रचण्डको सन्देश लिएर पुग्नुभएका प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गरेे।

परिवारले घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कार्वाही गर्न, सुरेशलाई सहिद घोषणा गर्न र तीनकुनेमा उनको सालिक बनाउन माग गरेेका छन्।

परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र छिटोभन्दा छिटो तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिईरहेको प्रवक्ता सापकोटाले बताए।

अपरान्ह ३ बजे प्रेस सेन्टर, नेपालका अध्यक्ष कमल गिरीसहित उनी सुरेश रजकको परिवारसंग भेट गरेेका हुन्।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्