राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

आइतबार, चैत ३१, २०८१

मसुरीया, २९ चैत - दाङको राप्ती गाउँपालिकामा नयाँ वर्ष २०८२ को अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराम पाठकको अध्यक्षतामा एवं पालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नयाँ वर्षको शुभकामना सन्देशका साथै गाउँपालिकाको समग्र प्रगति र भावी योजना बारे छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले नयाँ वर्षले सबैमा ऊर्जा, उत्साह र सकारात्मक सोच ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्यबाट मात्रै विकासको गति तीव्र बनाउन सकिने बताउँदै विगत वर्षका उपलब्धिहरूलाई आधार मानेर आगामी दिनमा अझ परिणाममुखी काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत पाठकले गाउँपालिकाले २०८१ सालमा हासिल गरेका उपलब्धिहरूको समिक्षा गर्दै सेवाप्रवाहमा सुधार ल्याउन कर्मचारीहरू निरन्तर लागिपरेको बताउनुभयो। उहाँले आगामी दिनहरूमा सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यका साथ कार्य अघि बढाइने जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरूले एक आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै विगत वर्षको अनुभव साटासाट गर्नु भएको थियो।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्