बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

राप्तीमा आरन संरक्षण तथा लोपोन्मुख खुकुरी निर्माण तालिम सम्पन्न

सोमबार, वैशाख १, २०८२

मसुरीया - दाङको राप्ती गाउँपालिकामा सञ्चालित दुई महिने आरन संरक्षण तथा लोपोन्मुख खुकुरी निर्माण तालिम आइतबार सम्पन्न भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दलित सञ्जाल राप्तीको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिम परम्परागत आरन पेशाको संरक्षण र लोपोन्मुख खुकुरी निर्माण सीपको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

समापन कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले परम्परागत पेशाको महत्वमाथि प्रकाश पार्दै युवाहरूमा घट्दो चासो पुनः जागृत गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिम पश्चात सहभागीहरूलाई व्यावसायिक रूपमा अघि बढ्न प्रेरित गर्नुका साथै उत्पादन भएका सामग्रीको बजारीकरणमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता पनि जनाउनुभयो।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य चम्फा भुसाल, दलित अगुवा इन्द्रजित गोतामे, प्रशिक्षार्थी नमराज विकलगायतका वक्ताहरूले आरन पेशाको संरक्षण र खुकुरी निर्माण सीपको जगेर्ना गर्न यस्ता तालिमहरूको निरन्तरताको आवश्यकता औँल्याउँदै गाउँपालिकाले देखाएको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रम सञ्जालका अध्यक्ष ठगेन्द्र परिवारको अध्यक्षता, कमला विकको स्वागत मन्तव्य र सचिव रामकृष्ण सुन्दासको सहजीकरणमा सम्पन्न भएको थियो।

तालिममा नौ जना प्रशिक्षार्थी सहभागी थिए भने प्रशिक्षकको भूमिका विष्णु रसायलीले निर्वाह गर्नुभएको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्