Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती –३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन

सोमबार, वैशाख ८, २०८२
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

 

मसुरीया,८ बैशाख - दाङको  राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीयामा एक महिने स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन गरिएको छ। राप्ती गाउँपालिकाको आयोजना र मल्टी सेक्टर इन्जिनियरिङ कन्सल्टेन्सी शान्तिनगर दाङको प्राविधिक सहयोगमा तालिम सञ्चालनमा आएको हो।WhatsApp-Image-2025-04-21-at-2.44.42-AM-1745206470.jpeg
"राप्तीका युवा र महिला, उद्यमशीलतामा पहिला" भन्ने अभियानअन्तर्गत सञ्चालित उक्त तालिममा सर्ट, पाइन्टसँगै थारु समुदायको परम्परागत पहिरन लेहेङ्गा र कुर्ता सिलाउने सीप प्रदान गरिएको छ।

गत वर्ष आधारभूत कटाई सिलाई तालिम लिएका १६ जना महिलालाई लक्षित गर्दै स्तराेन्नती तालिम सञ्चालन गरिएको हो। तालिममा स्थानीय महिला उद्यमशीलता अभिवृद्धि गर्ने उद्देश्यसहित व्यावसायिक सीप विकासमा जोड दिइएको छ।

तालिमकी प्रशिक्षक सुनी चौधरीले सहभागी महिलालाई व्यवहारिक ज्ञानका साथ व्यावसायिक प्रयोगमा ल्याउन सकिने ढंगले तालिम दिइरहनुभएको छ।

यसैबीच, आइतबार गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी र उद्यम विकास शाखाका प्रमुख बिनिता चाैधरीले तालिम स्थलमा पुगेर अनुगमन गर्नुभएको थियो। उहाँहरुले तालिमको प्रगति अवलोकन गर्दै सहभागीहरूसँग अन्तरक्रिया समेत गर्नुभएको थियो।WhatsApp-Image-2025-04-21-at-2.44.41-AM(2)-1745206509.jpeg
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्