Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती – ३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन

मंगलबार, वैशाख ९, २०८२

मसुरीया,८ बैशाख - दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीयामा एक
महिने स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन गरिएको छ। राप्ती गाउँपालिकाको आयोजना र मल्टी सेक्टर इन्जिनियरिङ कन्सल्टेन्सी शान्तिनगर दाङको प्राविधिक सहयोगमा तालिम सञ्चालनमा आएको हो।

"राप्तीका युवा र महिला, उद्यमशीलतामा पहिला" भन्ने अभियानअन्तर्गत सञ्चालित उक्त तालिममा सर्ट, पाइन्टसँगै थारु समुदायको परम्परागत पहिरन लेहेङ्गा र कुर्ता सिलाउने सीप प्रदान गरिएको छ।

गत वर्ष आधारभूत कटाई सिलाई तालिम लिएका १६ जना महिलालाई लक्षित गर्दै स्तराेन्नती तालिम सञ्चालन गरिएको हो। तालिममा स्थानीय महिला उद्यमशीलता अभिवृद्धि गर्ने उद्देश्यसहित व्यावसायिक सीप विकासमा जोड दिइएको छ।WhatsApp-Image-2025-04-21-at-2.44.42-AM-1745326400.jpeg
तालिमकी प्रशिक्षक सुनी चौधरीले सहभागी महिलालाई व्यवहारिक ज्ञानका साथ व्यावसायिक प्रयोगमा ल्याउन सकिने ढंगले तालिम दिइरहनुभएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
समाचार