रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त, शपथ ग्रहण भाेली बिहीबार

बुधबार, वैशाख १०, २०८२

काठमाडौं - रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुनु भएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेकपा एमालेका समानुपातिक सांसद पन्तलाई शिक्षामन्त्री नियुक्त गर्नु भएकाे  हाे ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

शीतलनिवास स्रोतका अनुसार नवनियुक्त मन्त्री पन्तको शपथ ग्रहण बिहीबार हुने तय भएको छ। यद्यपि, शपथको समय भने निर्धारण भइसकेको छैन।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेकी विद्या भट्टराईले गत वैशाख ८ गते आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्रीबाट असहयोग भएको र काम गर्न असहज भएको जस्ता कारणहरू उल्लेख गरेकी थिइन्। तर, प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाएकी थिइन्।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्