Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

गाजामा उच्च इजरायली सैन्य अधिकारीको ज्यान गयाे

आइतबार, वैशाख १४, २०८२

गाजा, १४ बैशाख - गाजामा इजरायली उच्च सैनिक र प्रहरी अधिकारीको मृत्यु भएको छ ।

इजरायलको सेना र यसको प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी गाजा स्ट्रिपमा जारी लडाइँमा एक सैनिक र एक खुफिया प्रहरी अधिकारी मारिएको घोषणा गरेको हो । इजरायली सेनाका अनुसार गाजा पट्टीको उत्तरमा २१ वर्षीय सैनिकको मृत्यु भएको थियो।

उता, मारिएका प्रहरी अधिकारीमा सीमा प्रहरीको दक्षिणी यामस युनिटमा गुप्तचर अधिकारीको रूपमा कार्यरत रहेको जनाइएको छ।

टाइम्स अफ इजरायलले शुक्रबार दिउँसो गाजा शहरको शुजाइया इलाकामा हमास विरुद्ध लड्ने क्रममा दुवै जनाको मृत्यु भएको जनाएको थियो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
समाचार