Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा

मंगलबार, वैशाख १६, २०८२

काठमाडौँ - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिनको लागि अस्थायी युद्धविरामको घोषणा गर्नु भएकाे छ। रुसका अनुसार यो युद्धविराम मे ८ को बिहानदेखि सुरु हुनेछ र मे ११ सम्म जारी रहनेछ ।


मानवीय कारणले र दोस्रो विश्वयुद्ध समाप्त भएको ८० औँ वार्षिकोत्सवको अवसरमा पुटिनले यो निर्णय लिनु भएकाे हाे । हालसम्म युक्रेनले यस घोषणाप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।

रुसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रुस चाहन्छ कि युक्रेनले पनि युद्धविराम पालना गरोस्। यदि युक्रेनले युद्धविराम तोड्यो भने रुसी सेनाले कडा र प्रतिक्रिया दिनेछ ।’


विज्ञप्तिमा थप भनिएको छ, ‘युक्रेन संकटको मूल समस्या समाधान गर्न रुस बिना सर्त वार्ताको लागि तयार रहेको दोहोर्‍याउँछ। यसका लागि, रुस अन्तर्राष्ट्रिय साझेदारहरूसँग सकारात्मक वार्ताको लागि तयार छ।’ यसअघि रुसले इस्टरमा ३० घण्टाको युद्धविरामको घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्
समाचार