रेशम चौधरीको पक्राउमा सिकेको बिरोध

बुधबार, वैशाख १७, २०८२

काठमाडौं, १७ बैशाख - रेेशम चौधरीको प्रकाउको बिरोधमा सिके राउतले आपत्ति जनाएका छन् ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

उनले सामाजिक सञ्जालवाट सो आपत्ति जनाएका हुन् । `पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ,  यसको हामी घोर भर्त्सना गर्दछौं,` राउतले भनेका छन्,  `यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्र्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं`

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्