सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
भालुबाङ - योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल राप्ती गाउँपालिका कमिटीकाे अध्यक्षमा बसन्त हमाल निर्विरोध निर्वाचित हुनुभएको छ। शुक्रबार राप्ती गाउँपालिका–२, बराखुटीमा सम्पन्न संगठनको तेस्रो अधिवेशनले हमालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ गाउँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नव निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा आशिक सुनार चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा सुरेन्द्र थापा मगर र मीन बहादुर महरा रहनुभएको छ। सचिवमा टीकाराम राउत, सह–सचिवहरूमा सूर्य पुन, नवराज सारु, रिता विक तथा कोषाध्यक्षमा विष्णी चौधरी निर्वाचित हुनुभएको छ।
त्यस्तैगरी, सदस्यहरूमा संजित गिरी, अमृत आले, निरुता रोका, शिवु कुमाल, हनुमान चौधरी, यज्ञबहादुर विक, सुमन चौधरी, बुद्धिमान चौधरी, हुमबहादुर सोमै मगर, सुरज केसी, थम्मन गिरी, खिमराज अधिकारी, सुवास शाही लगायतका रहेका छन्।
अधिवेशन वाइसीएल गाउँ कार्यसमिति कार्यवाहक अध्यक्ष शरद गिरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थारुले पार्टीलाई सशक्त र जनमुखी बनाउने अभियानमा युवा शक्ति निर्णायक हुने बताउनुभयो। उहाँले संगठन विस्तारसँगै स्थानीय विकासका मुद्दामा पनि युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
अधिवेशनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय वैकल्पिक सदस्य होमप्रसाद शर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने ‘सागर’, प्रदेश सदस्य चित्रबहादुर थापा मगर ‘सूर्यप्रकाश’, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, जिल्ला सचिव विश्वराज आचार्य लगायत पार्टी तथा वाइसीएल नेपालका विभिन्न तहका नेताहरूले पार्टी सुदृढीकरण, संगठनात्मक एकता र स्थानीय राजनीतिक परिवेशबारे धारणा राख्नुभएको थियो।
अधिवेशनमा गाउँपालिकाभरिका युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।