सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही, २९ बैशाख - नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं दाङ जिल्ला ईन्चार्ज निर्मल आचार्यले देशको गहना नै युवा रहेको चर्चा गर्नुभएको छ । वाईसिल नेपाल दाङको तेस्रो जिल्ला सम्मेलनको समुद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले यस्तो बताउनुभएको हो ।
वाईसिएल नेपाल दाङका संयोजक ईराक रोका मगरको अध्यक्षतामा सम्पन्न सम्मेलन उद्घाटन सत्रमा बोल्दै आचार्यले मुलुक चलायमान गराउन यो देशमा अझै युवा शक्तिको आवश्यकता रहेका औल्याउनुभयो । युवा शक्तिरुपान्तरण, रचनात्मक, सिर्जनात्मक शक्ति रहेकाले मुलुक विकासका एक हिंस्साका रुपमा युवाहरु अग्रस्थानमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो –‘त्यो हिंसाको अधिकार खोज्न र गर्न सक्ने युवा माओवादी सँग रहेको छ । वाईसिएलले काँधमा समाज र राष्ट्र निर्माण जिम्मेवार भिरेको छ । ’
आचार्यले मुलुकमा बढ्दो युवा शक्तिको पलायनको दरले समाजलाई नैराश्यताको तर्फ उन्मुख बनाउदै लगे पनि माओवादी केन्द्रभित्रको शक्ति केन्द्रमा रुपमा रहेका युवाहरुले मुलुकलाई निर्माणलाई मात्रै होईन , स्वदेशीमुखी लगानी, उत्पादन , रचनात्मक र सिर्जनात्मक कर्म गर्दै सामाजिक, राजनैतिक र आर्थिक उन्नयनका योजना र कार्यक्रमहरु जनस्तरसम्म पुु¥याउन सक्षम बन्नुुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘ करोड लगानी विदेश होईन, स्वदेशमै सुन फल्छ भन्ने मानसिकताको विकास गराउनु जरुरी छ । ’ जसले मात्रै सामाजिक, आर्थिक, राजनैतिक परिवर्तनको सार्थकता पाउछ ।
कार्यक्रममा वाईसिएल नेपालका लुम्विनी प्रदेशका ईन्चार्ज मनिषा चनराले वाईसिएल माओवादी आन्दोलनको परिवर्तनकारी समूह रहेकाले यसको यो संगठनको विकास र विस्तारमा पार्टीले उदयमान पहल गर्नुुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘ वाईसिएल आफैमा शक्तिशाली समूह हो । जुन शक्तिको पहलमा २०६४ साल माओवादीमय भएको थियो । ’ तर अहिले वाईसिएल आफैमा उर्जावान , क्षमतावान र शक्तिशाली रहेपनि युवाहरुका आकर्षणमा केही समस्या देखिएको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेशका पूर्व अर्धमन्त्री धनबहादुर मास्कीले वार्ईसिएल नेपाल अब समाजमा रुपान्तरण, विचार, रचनात्मक र सिर्जनात्मक कर्मको सारथीका रुपमा जानुुपर्ने बताउनुभयो । युवाहरु परिवर्तनसँगै अब उद्यमशीलता विकासमा र विचारमा केन्द्रीत हुन उहाँको आग्रह थियो । कार्यक्रममा वाईसिएल नेपालका केन्द्रीय सदस्य परबिर वली, वाईसिएल दाङका फ्याक्सन ईन्चार्ज बिरेन्द्र बिक, जिल्ला ईन्चार्ज अम्मर नेपाली माइकल , वाईसिएल नेपालको अनु्शासन आयोगका सदस्य मार्शल जिसी, वाईसिएलका केन्द्रीय सदस्य हरिश गिरी,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भिमकुमारी बुढा, पार्टीका जिल्ला सह–इन्चार्ज रामबहादुर दहित , संयोजक हरिमान पुन, प्रेस सेन्दर दाङका अध्यक्ष जनक नेपाली, अनेरास्ववियु क्रान्तिकारी गोविन्द मल्ल र दलित मुक्तिमाेर्चाका ईन्चार्ज हिरा सुनार लगायतकाले बोल्नुभएको थियो ।
वाईसिएल नेपाल दाङका नेता कुशल बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव विप्लव वलीले गर्नुभएको थियो । वाईसिएल नेपाल दाङको तेस्रो जिल्ला सम्मेलनको अवसरमा नेकपा एमाले भातृ संगठन युवा संघ नेपालका जिल्ला सदस्य बंगलाचुली गाउँपालिका वडा नं. ३ मुलाबारी निवासी दिलबहादुर नेपाली नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुुभएको छ ।