सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - प्रेस चाैतारी नेपाल शान्तिनगर गाउँ कमिटी अध्यक्षमा हिमाल विश्वकर्मा चयन हुनुभएको छ। साेमबार सम्पन्न प्रेस चाैतारी नेपाल शान्तिनगर गाउँ कमिटीकाे दाेस्राे अधिवेशनले विश्वकर्माकाे अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
नवगठित कमिटीमा कुमार यरि उपाध्यक्ष, चम्मन के.सी सचिव रहनु भएको छ भने सदस्यहरूमा मनबिर रिजाल, रेशम अधिकारी, विनोद के.सी, अमृता सोति मगर, रमेश वली र इन्द्र बस्नेत रहनु भएको छ।
शान्तिनगर गाउँपालिका कमिटीका संयोजक हुम बहादुर वि.कको अध्यक्षता र प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे अधिवेशनमा प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय सदस्य तथा क्षेत्र नं ३ की इन्चार्ज कोमल वली रहनु भएको थियो।
प्रेस चाैतारी शान्तिनगरका सदस्य विमल केसीको स्वागत मन्तव्यबाट सुरु भएको अधिवेशनमा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य चुर्न बहादुर वली,नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगित बस्याल, प्रेस चौतारी दाङका सल्लाहकार प्रेम राम्जा मगर,प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, एमाले शान्तिनगर अध्यक्ष टीकाराम रिजाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
वक्ताहरूले प्रेस चौतारी नेपालको निष्पक्ष भूमिका, आवाजविहीनको आवाज बन्ने प्रतिबद्धता र पत्रकारिता क्षेत्रको सशक्तिकरणमा यसको योगदानको चर्चा गरेका थिए।अधिवेशनकाे सहजीकरण प्रेस चाैतारी दाङ जिल्ला सदस्य सुरक्षा चौधरीले गर्नुभएको थियो । साभार हापुरे अनलाइन