सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले गणतन्त्रको बिकल्प खोज्ने बेला नभएको बताउनु भएको छ । गणतन्त्रको रक्षा गरौ , प्रतिगामी खतराका विरुद्धमा संघर्ष गरौ भन्ने नाराकासाथ राष्ट्रिय जनमोर्चा दाङ को आयोजनाको बङगलाचुली गाउपालिकाको कमिरेचौरमा भएको बिरोध सभालाइ सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो ।
उहाले भन्नु भयो अहिले प्रतिगामीहरु गणतन्त्र माथि हमला गर्नु कारण गणतन्त्रका चालकहरुको कमजोरी हो , हामिले त्यो कमजोरी सुधार गर्ने कोशिस गर्ने हो तर यसको बिकल्प भनेर प्रतिगामी बाटोमा जाने हैन । उहाले बङ्गलाचुलीको प्रसङ्गमा यो पालिका प्राकृतिक रुपमा सम्पन्न हुदाहुदै पनि जनताको जिबनस्तर अत्यन्तै कमजोर भएको बताउनु भयो ।
उहाले भन्नु भयो हाम्रा प्राकृतिक श्रोत बाट केहि यहाका मुठ्ठीभार र भारतीय ब्यापारीहरु मात्र मोटाउने काम भएको । त्यसैका कारण जनताको जिबन झनै कष्टकर भएको बताउनु भयो । उक्त कार्यक्रमको सहजीकरण अखिल नेपाल किसान महासंघ जिल्ला सचिब मनिराम खनालले गर्नु भएको थियोे । कार्यक्रममा अखिल नेपाल किसान महासंघ पुर्ब केन्द्रिय कोषाध्यक्ष प्रेम आचार्यको पनि उपस्थिति रहेको थियोे ।