Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

युक्रेनमा दुईवटा मिसाइल आक्रमण हुँदा ६० जना रुसी सेनाको मृत्यु

बिहीबार, फागुन १०, २०८०

पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० जना रुसी सेनाको ज्यान गएको छ ।

डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।

रुसी अधिकारीअरुले आक्रमण भएको पुष्टि गरे पनि समाचारमा आएजस्तो मानिसहरुको ‍ज्यान नगएको प्रतिक्रिया दिएका खबरमा उल्लेख छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई भेट्नुभन्दा केही घण्टाअघि आक्रमण भएको बताइएको छ । तर, दुई नेताबीच पछिल्लो मिसाइल आक्रमणका विषयमा छलफल नभएको बीबीसीले जनाएको छ ।

रुसले कब्जा गरेको गाउँ नजिकैको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो । घटनामा पछि बाहिरिएको भिडियोमा मृतकको सङ्ख्या धेरै देखिए पनि ६० जनाको मात्र  ज्यान गएको भन्दै रुसले घटनालाई लुकाउन खोजेको खबरमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्