राप्ती गाउँपालिकामा खानेपानी तथा सरसफाइ वित्तीय रणनीति योजना सम्बन्धी कार्यशाला सम्पन्न

शनिबार, जेठ २४, २०८२

मसुरिया, २३ जेठ - दाङको राप्ती गाउँपालिकामा स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रको वित्तीय रणनीति योजना सम्बन्धी एकदिने कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाडौंको सहकार्य र राप्ती गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। गोष्ठीलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले खानेपानी तथा सरसफाइको क्षेत्रमा दीगो विकासका लागि वित्तीय योजना अनिवार्य रहेको बताउनुभयो। उहाँले यस्ता रणनीतिले बजेट पारदर्शिता, स्रोत परिचालन तथा दीर्घकालीन सुधारमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका बलराम मायालुले वाश क्षेत्रको दीगो सेवा प्रवाहका लागि स्थानीय तहमा सशक्त वित्तीय योजना आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले स्रोत परिचालन र योजना कार्यान्वयनमा विभाग सधैं सहकार्य गर्न तत्पर रहेको स्पष्ट पार्नुभयो।WhatsApp-Image-2025-06-06-at-10.11.21-PM-1749257056.jpegकार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सहरी विकास तथा खानेपानी मन्त्रालयका वरिष्ठ इन्जिनियर आदित्य धिताल, लमही नगरपालिकाका सिनियर अहेव गायत्रीकुमारी थापा, शिवराज नगरपालिका कपिलवस्तुका राजेश कुर्मी, खानेपानी उपभोक्ता संघ तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरू र विभिन्न शाखाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यशालामा सहभागीहरूले हालको खानेपानी तथा सरसफाइ सेवाको अवस्था, विद्यमान चुनौतीहरू, तथा दीगो वित्तीय रणनीति निर्माणका सम्भावित उपायहरूबारे समूहगत छलफल तथा प्रस्तुति गरेका थिए।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्