Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाद्वारा सरुवा भई आएका कर्मचारीलाई स्वागत

सोमबार, जेठ २६, २०८२

मसुरिया, २६ जेठ - दाङकाे राप्ती गाउँपालिकाद्वारा सरुवा भई आउनुभएका दुई कर्मचारीहरूलाई सोमबार एक कार्यक्रमकाे आयोजना गरी स्वागत गरिएको छ।

प्यूठानको मल्लरानी गाउँपालिकाबाट सरुवा भई आउनुभएका प्रशासकीय अधिकृत अनिल आचार्य र दाङको शान्तिनगर गाउँपालिकाबाट सरुवा भई आउनुभएका वरिष्ठ प्रशासन सहायक पृथ्वी नारायण पौडेललाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, आर्थिक प्रशासन शाखा प्रमुख लेखा भण्डारी, कार्यपालिका सदस्य रण बहादुर पुजालीलगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूले टीका र पुष्पगुच्छा अर्पण गरी स्वागत गर्नुभएको हाे।

स्वागत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पालिकाको सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गर्दै, सरुवा भई आउनुभएका कर्मचारीहरूको अनुभव र क्षमताले संस्थालाई अझ सक्षम र नागरिकमैत्री बनाउने अपेक्षा व्यक्त गर्नुभयो।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले सहकार्य, समन्वय र जिम्मेवारीपूर्वक काम गर्न सकेमा पालिकाको सेवा प्रवाह र समग्र विकासमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने बताउनुभयो।

त्यसैगरी, नवपदस्थापन हुनुभएका प्रशासकीय अधिकृत अनिल आचार्य र वरिष्ठ प्रशासन सहायक पृथ्वी नारायण पौडेलले पालिकाले गरेको सम्मान र स्वागतप्रति आभार व्यक्त गर्दै, जिम्मेवारीपूर्वक, पारदर्शी र सेवा केन्द्रित ढंगले कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्