अनेरास्ववियुकाे अध्यक्षमा डा.सुजन कडरिया विजयी

शुक्रबार, जेठ ३०, २०८२

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा सुजन कडरिया निर्वाचित हुनुभएकाे छ। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानमा कडरिया मात्र ७ मतान्तरले अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे हाे।

कडरियाले ७३२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२४ मत ल्याउनु भयाे ।खुला उपाध्यक्षमा विकास श्रेष्ठ र महिलातर्फ अञ्जना सिवाकोटी निर्वाचित हुनुभएकाे छ। त्यस्तै, महासचिवमा दीपक धामी ७ सय ८५ मतका साथ निर्वाचित भएकाे छ ।


चारजना सचिवतर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल निर्वाचित हुनु भएकाे छ।

केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएकाे छ।


त्यसैगरी लेखा अयोग अध्यक्षमा अञ्जली लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित हुँदा अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारीले बाजी मार्नु भएकाे छ ।

नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट विजयी हुँदा उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे निर्वाचित भएकाे छ।

कीर्तिपुरमा जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशनको मतदान बिहीबार सम्पन्न भएको हो।


 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०६:२८
प्रतिक्रिया दिनुहोस्