राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम : लुम्बिनी प्रदेश सभाका सभामुखद्वारा विशेष सम्बोधन

शुक्रबार, असार ६, २०८२

मसुरिया, ६ असार  - दाङको राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको विशेष उपस्थितिमा गाउँपालिकाको ७ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।

गाउँसभामा पालिकाले हालसम्म हासिल गरेका उपलब्धिहरू जानकारी गराउँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष विष्टले समृद्ध र विकसित राप्ती निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो। उहाँले सीमित स्रोत र साधनका बीच जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकता निर्धारण गरी योजनाबद्ध रूपमा कार्यान्वयन गरिने स्प…

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
समाचार