सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर, ७ असार - नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाको विस्तारित बैठक आज कमिरेचौरमा सम्पन्न भएको छ। बैठक माओवादी केन्द्र बंगलाचुली गाउँपार्टी कमिटीका अध्यक्ष शवीराम कामीको अध्यक्षतामा तथा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बैठकमा बंगलाचुली गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो। साथै समग्र गाउँ पार्टी कमिटी र वडा पार्टी कमिटीको सांगठनिक संरचना, जिम्मेवारी र कार्ययोजनाबारे गहन समीक्षा तथा छलफल गरिएको थियो।
बैठकमा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले आफ्नो नेतृत्वमा सञ्चालित पालिकाको हालसम्मको कामकाज तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा माओवादी केन्द्र दाङका सह-इन्चार्ज रामबहादुर दहित, लुम्बिनी परिषद सदस्य शोभाराज विश्वकर्मा, वाईसियल बंगलाचुलीका अध्यक्ष कुलबहादुर वली, बसुदेव महरा लगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो।
बैठकमा बंगलाचुली गाउँपालिकाका आठवटै वडाबाट सहभागी प्रमुख एवं प्रतिनिधिहरुले वडास्तरीय पार्टी गतिविधिको रिपोर्टिङ प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन माओवादी केन्द्र बंगलाचुलीका उपाध्यक्ष मेघबहादुर रानाले गर्नुभएको थियो।