सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया, १६ असार - दाङको राप्ती गाउँपालिकामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको वार्षिक समीक्षा कार्यक्रम सोमबार मसुरियामा सम्पन्न भएको छ।
गाउँपालिकाले स्वास्थ्य सेवा प्रदानमा अग्रपंक्तिमा रही सक्रिय योगदान पुर्याउँदै आउनुभएका स्वयंसेविकाहरूको समर्पण र भूमिकाको मूल्याङ्कन गर्दै आगामी कार्ययोजना तय गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा स्वास्थ्य जनचेतना अभिवृद्धि गर्न, सेवा प्रवाहमा सहजता ल्याउन तथा जनस्वास्थ्यलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको प्रति प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रवाहका लागि तालिम, सहजीकरण र प्रोत्साहन कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।
कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आफूले सामना गर्नुपरेका समस्या, कामको अनुभव र भावी सुधारका विषयमा सुझाव प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानलाई सम्मान गर्दै भविष्यका लागि थप प्रभावकारी कार्ययोजना तय गर्न महत्वपूर्ण छलफल गरिएको पालिकाले जनाएकाे