राप्तीका अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

बिहीबार, असार २६, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

मसुरिया, २६ असार - दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गुरु पूर्णिमाको अवसरमा आफ्ना पुराना गुरुहरूलाई सम्मान गर्नुभएको छ। अध्यक्ष विष्टले बाल्यकालदेखि माध्यमिक तहसम्म पढाएका गुरुहरू शिवप्रसाद भुसाल, कृष्णप्रसाद पौडेल, मंगलप्रसाद चौधरी र कुल  प्रसाद पाैडेललाई ढाका टोपी,मिठाई र एक एक वटा आँपकाे विरुवा दिएर सम्मान गर्नुभएको हो।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

अध्यक्ष विष्टले आफूलाई शिक्षा दिएका गुरुहरूलाई सम्झँदै उहाँहरूको घरमै पुगेर सम्मान गर्नु भएको हाे। “म जुन स्थानमा छु, त्यो मेरो गुरुहरूको प्रेरणा र शिक्षाले नै सम्भव भएको हो,” उहाँले भन्नुभयो।

सम्मानित शिक्षकहरूले पनि पुरानो विद्यार्थीबाट प्राप्त सम्मानप्रति खुशी व्यक्त गर्नुभयाे। शिक्षक शिवप्रसाद भुसालले भन्नुभयाे, “आफूले पढाएको विद्यार्थी जनप्रतिनिधिको रुपमा उच्च पदमा पुगेको देख्दा हामीलाई निकै गर्व लाग्छ, घरमै आएर सम्मान पाउँदा अझ खुशी लाग्यो।”

गुरु पूर्णिमाको अवसरमा अध्यक्ष विष्टले गुरुहरूको महत्व र शिक्षाको मूल्यलाई स्मरण गर्दै सम्मान गर्नुभएकाे हाे।

WhatsApp-Image-2025-07-10-at-6.54.58-PM-(1)-1752160770.jpeg

WhatsApp-Image-2025-07-10-at-6.54.59-PM-(1)-1752160767.jpeg

WhatsApp-Image-2025-07-10-at-6.55.00-PM-1752160766.jpeg

WhatsApp-Image-2025-07-10-at-6.54.57-PM-1752160761.jpeg

WhatsApp-Image-2025-07-10-at-6.54.58-PM-1752160758.jpeg

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्