आज २०८२ साल असार २७ गते शुक्रबारको दैनिक राशिफल

शुक्रबार, असार २७, २०८२

काठमाडौं,२७असार – आज २०८२ साल असार २७ गते शुक्रबार। साउन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुलाई ११ तारिख। विश्व जनसंख्या दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  मयुर अनलाइनका लागि ज्योतिष पण्डित तुलसी भारद्वाज निराैलाले तयार पार्नुभएको आजको दैनिक राशिफल ।


मेष – सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला ।

वृष – आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ ।

मिथुन – पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ ।

कर्कट – पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ ।

सिंह – मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन । बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ ।  मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा
बाधाहरुको पनि सामना गर्नु पर्ला ।

कन्या – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला ।

तुला – काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।  धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ ।

वृश्चिक – व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला  । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।अनेक किसिमका फाइदा हुनेछ ।

धनु – खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला । काममा समस्या देखिएला ।

मकर – काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ ।

कुम्भ – आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ ।  फलिफाब हुने दिन छ ।

मीन – घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला  । साथै रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ ।

बिशेष कुरा = कस्तो काममा खर्च गर्ने । खर्च लगानी हुने वा नाश हुने यो साता भरी । शुक्र बार्हौंको मालिक भएमा विलाशितामा खर्च ।
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्