Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

चाडपर्व र संस्कृतिको जगेर्ना गरौँ : अध्यक्ष विष्ट

सोमबार, भदौ २, २०८२

दाङ, २ भदौ - राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले चाडपर्वलाई मौलिक संस्कृतिको जगेर्ना गर्ने माध्यमका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको छ।

साेमबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अध्यक्ष विष्टले चाडपर्वहरू नेपालको मौलिकता, सामूहिक पहिचान र सामाजिक ऐक्यबद्धताको आधार भएको उल्लेख गर्दै पछिल्लो समय संस्कृतिलाई जोगाउनेभन्दा विकृति मौलाउने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभएको हो।

विशेषगरी तीज पर्वमा देखिएको ‘दर खाने’ प्रथाबारे ध्यानाकर्षण गराउँदै उहाँले पहिले आमा–छोरीबीचको आत्मीयता र सादगीपूर्ण परिवारिक मिलनका रूपमा रहेको यो चलन अहिले खर्चिलो र सामाजिक प्रतिस्पर्धामा परिणत भएको बताउनुभयो।

“तीजको वास्तविक मर्म संयम, भक्तिभाव र सांस्कृतिक आत्मीयता हो, तर महिनौँ अगाडिदेखि भोजसत्र चल्नुले त्यो मर्म ओझेलमा पारेको छ,” अध्यक्ष विष्टले स्टाटसमा उल्लेख गर्नु भएको छ।

उहाँले विकृति बढाउने होइन, संस्कृतिलाई जोगाउने अभियानमा लाग्न सबैलाई आह्वान गर्दै तीजलाई भक्तिभाव, आत्मसंयम र नारी सशक्तिकरणको पर्वका रूपमा मनाउन आग्रह गर्नुभयो।

त्यसैगरी,अध्यक्ष विष्टले दर खाने प्रथालाई खर्चिलो र प्रतिस्पर्धात्मक नभई स्वास्थ्यकर, आत्मीय र सांस्कृतिक सभ्यताको रूपमा रूपान्तरण गर्नुपर्नेमा पनि जोड दिनुभयो।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
समाचार