प्रेस चौतारी दाङका कोषाध्यक्ष नेपालीलाई विदाई

बिहीबार, भदौ १२, २०८२

दाङ,१२ भदौं  - प्रेस चौतारी नेपाल दाङ शाखाका कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीलाई आज विदाई गरिएको छ । बैदेशिक रोजगारीका लागि कोरिया जान लागेका नेपालीलाई चौतारीले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रशंसापत्र र खादा ओडाएर विदाई गरेको हो । 

प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगीको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँलाई विदाई गरिएको हो ।539779561_25121702727433502_2609215210902781311_n-1756379522.jpgविदाई कार्यक्रममा बोल्ने बक्ताहरुले संगठनलाई सशक्त र क्रियाशिल बनाउन नेपालीले महत्वपूर्ण भूमिका खेलेको भन्दै बैदेशिक रोजगारीमा पनि सफलता मिलोस भनि कामना गरेका थिए ।  विदाई कार्यक्रमको सञ्चालन प्रेस चौतारी दाङका सचिव निमुसंगम घर्तिले गर्नुभएको थियो 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्