राप्ती गाउँपालिकामा अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा

शुक्रबार, भदौ १३, २०८२

मसुरिया, १३ भदौ - दाङको राप्ती गाउँपालिकाले थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा भदौ १५ गते आइतबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

गाउँपालिकाले सूचना जारी गर्दै अट्वारी पर्व थारु समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीक भएकाले पालिका तथा मातहतका कार्यालयहरू बिदा रहने जनाएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा जारी सूचनामा अट्वारी पर्व थारु समुदायको मौलिक पहिचान र सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै यसले सामाजिक सद्भाव, शान्ति र आत्मीयताको सन्देश प्रवाह गर्ने प्रष्ट पारिएको छ।

साथै, संस्कृति र परम्पराको संरक्षणका नाममा देखिन सक्ने विकृति वा अपसंस्कृति गतिविधिप्रति सचेत रहन पनि सूचनामा सबैलाई आग्रह गरिएको छ।

गाउँकार्यपालिकाको भदौ १३ गते बसेको बैठकले अट्वारी पर्वको अवसरमा भदौ १५ गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको हो।758f9059-5fe4-400d-8aec-5b1220b59ecb-1756461150.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्