सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
भालुवाङ १७ भदौ - दाङको राप्ती गाउँपालिकामा महिला जनप्रतिनिधि तथा सरोकारवाला महिलाहरूलाई लक्षित गरी तीन दिने महिला नेतृत्व सीप विकास प्रशिक्षण कार्यक्रम मंगलबार देखि सुरु भएको छ ।
गाउँपालिकाको सभाहल मसुरियामा भएको प्रशिक्षण कार्यक्रम राप्ती गाउँपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल (ललितपुर) को संयुक्त आयोजनामा सुरु गरिएको हो । ४३ जना महिलाहरुको सहभागी रहेको तालिममा नेतृत्व सीप विकास, वडा समिति र अध्यक्षको काम, कर्तव्य र अधिकार, स्थानीय तहको योजना तथा बजेट प्रक्रिया, जनसम्पर्क र सञ्चार सीप, बैठक व्यवस्थापन, माइन्युट लेखन, सार्वजनिक जवाफदेहिता, लैंगिक हिंसा न्यूनिकरण, सामाजिक समावेशीकरण, भाषण कला, सकारात्मक सोच, व्यक्तित्व विकास तथा तनाव व्यवस्थापन लगायत विषयमा प्रशिक्षण दिइने छ ।
तालिममा सुमित्रा चौलागाईं, अनुसन्धान अधिकृत हेमराज थापा र सत्रुधन चौधरी प्रशिक्षक रहनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि तालिम महत्वपूर्ण हुने बताउनुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सहभागी महिलाले सिकेका सीप व्यवहारमा उतार्न सके पालिकाको सेवा वितरण अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।