Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाद्वारा नयाँ कर्मचारीलाई स्वागत 

शनिबार, असोज ११, २०८२

मसुरिया, ११ असोज - दाङको राप्ती गाउँपालिकाले सरुवा भई आउनु भएकी नयाँ कर्मचारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ।

राेल्पाको गंगादेव गाउँपालिकाबाट सरुवा भई आउनुभएकी वरिष्ठ प्रशासन सहायक मुना रिजाल लाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक सहित जनप्रतिनिधि र कर्मचारीहरूले टीका तथा पुष्पगुच्छा अर्पण गर्दै स्वागत गर्नुभएको हो।

कार्यक्रममा अध्यक्ष विष्टले नयाँ कर्मचारीको आगमनले सेवाप्रवाहलाई अझ सुदृढ र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पालिकाको समग्र विकासका लागि कर्मचारी, जनप्रतिनिधि र नागरिकबीचको सहकार्य अपरिहार्य हुनेमा जोड दिनुभयो।

उपाध्यक्ष चौधरीले कर्मचारीहरूको प्रतिबद्धता र निष्ठापूर्ण सेवाबाट पालिकाले लिएका लक्ष्य पूरा हुनेमा आशा व्यक्त गर्नुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पाठकले सरुवा भएर आएका कर्मचारीको अनुभव, दक्षता र कार्यशैलीले संस्थागत क्षमतामा वृद्धि गर्ने उल्लेख गर्दै गाउँपालिका अझ नागरिकमैत्री र सक्षम संस्थाका रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
समाचार