Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

भम्र फैलाउँने समाचार नलेख्न अध्यक्ष बिष्टको आग्रह 

आइतबार, मंसिर ७, २०८२

दाङ,७ मंसिर - राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले नागरिकलाई भ्रम फैलाउँने गरी समाचार नलेख्न आग्रह गर्नु भएको छ । आज आईतबार रिपब्लिका देैनिकमा  डटकममा राप्ती गाउँपालिका अध्यक्ष बिष्टको क्लिनिकमा सरकारी चिकित्सक नदीमा अबैध उत्खनन् र दोहन शीर्षकको समाचार प्रकाशन प्रति दुख व्यक्त गर्नु भएको हो । 

बिष्टले आफू अध्यक्ष भएदेखि नै  निरन्तर जनताको सेवामा समर्पित भएको बताउँदै  केही व्यक्तिले गाउँपालिका र आफ्नो बदनाम  गर्ने मनसायले बिगत देखि नै यस्ता शीर्षक र बिषय बस्तु माथी समाचार लेख्दै आएको बताउँनु भयो । यस्ता व्यक्तिका  कारण  संञ्चार गृहको गरिमा समेत कमजोर हुने बताउँदै तथ्यहीन समाचार लेख्ने व्यक्तिबाट सञ्चार गृहलाई सर्तक रहन आग्रह गर्नुभयो । 

समाचारको विषय बस्तु लेख्ने व्यक्तिले आफना नीजि भावना मात्रै  कोड गरेर  समाचार लेखेको भन्दै पत्रकार आचार संहिता भित्र पर्ने दुबै पक्षको कोड समेत नराख्ने व्यक्तिले  पत्रकारिताको मर्म र धर्मलाई समेत कमजोर बनाउँदै लगेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो सरकारी अस्पतालमा सेवा लिन आएका बिरामीलाई त्यहाँका केही स्वास्थ्यकर्मीले सेवा नदिएर फर्काएको घटनापछि, डाक्टर ड्युटी सकेर रुममा खाना खान गएको बेला नै, उहाँको डेरा मेरो नीजि क्लिनिकको नजिकै भएकोले बिरामीको आग्रह अनुसार  इमर्जेन्सीमा हेर्न लगाई राप्ती आधारभूत अस्पतालमा भर्ना गराएर उपचारमा राखिदिनु भएको तथ्य सबैलाई जानकारी भएको बताउँनुभयो । अस्पतालले धेरै बिरामीहरूलाई सेवा नदिएको गुनासो बढेपछि  गत  कार्तिक २३ कार्यपालिका निर्णय अनुसार स्वास्थ्यकर्मी सुजन रोकाय र मेखराज खत्रीलाई अस्पतालबाट हटाइएको उहाँले जानकारी दिनुभएको छ । 

जनताको सेवा नगर्ने, सेवाग्राहीलाई हप्काउने कर्मचारीलाई हटाउनु पालिकाको कानुनी र नैतिक दायित्व समेत भएको अध्यक्ष विष्टको भनाई छ । यस्तै  राप्ती नदीमा बिना अनुमति रातिको समयमा ढुङ्गा उत्खनन र निकासी भइरहेको पाइए पछि,ईलाका प्रहरी कार्यालय भालुबाङको टोलीले ५० ट्र्याक्टर ढुङ्गा बरामद गरेर गाउँपालिकामा ल्याएको जानकारी दिदै  गाउँपालिकाले कारबाही गरेपछि केही समूहले समाचारको बिषय बनाएको उहाँको भनाई छ ।

अहिले पनि गाउँपालिका जनताको हकहित र कानुनी शासनको पक्षमा दृढतापूर्वक उभिएको बताउँदै जनसेवा र सुशासनका विषयमा गरिएको कारबाहीलाई तथ्य माथि आधारहीन आरोप लगाएर बदनाम गर्न खोज्ने प्रवृत्ति कदापि स्वीकार्य नहुने उल्लेख गर्नुभयो ।  गाउँपालिकाले यस्ता भ्रामक, तथ्यहीन र उद्देश्यप्रेरित समाचार लेख्ने व्यक्तमिा माथि कानुनी कदम चाल्ने अध्यक्ष विष्टको भनाई 
 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
समाचार