Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन आह्वान

बिहीबार, पुस ३, २०८२
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

मसुरिया, ३ पुस - राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा उक्त अधिवेशन आह्वान गरिएको हो।

आगामी पौष १३ गते आइतबार बिहान ११ बजे गाउँपालिकाको सभाहल, मसुरियामा अधिवेशन बस्ने गरी मिति र समय तय गरिएको गाउँपालिकाले जनाएको छ।

अधिवेशनमा गाउँपालिकासँग सम्बन्धित विभिन्न नीति, कार्यक्रम, प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। सो अधिवेशनमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्न गाउँसभाका सम्पूर्ण सदस्यहरूलाई गाउँपालिकाले अनुरोध गरेको छ।

गाउँपालिकाको विकास, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउन अधिवेशन महत्वपूर्ण हुने जनाइएको छ।WhatsApp-Image-2025-12-17-at-8.43.16-PM-1766021324.jpeg

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्