Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

भेनेजुएलामाथि अमेरिकी हमलाको नेकपा माओवादीद्वारा कडा निन्दा, तत्काल रोक्न माग

आइतबार, पुस २०, २०८२

काठमाडौँ ,२०पुस - नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सार्वभौम मुलुक भेनेजुएलामाथि अमेरिकाले गरेको 'विनाशकारी सैन्य हमला'को कडा निन्दा गरेको छ ।

पार्टीले अमेरिकाको यस कार्यलाई 'साम्राज्यवादी–सैन्यवादी हस्तक्षेप'को संज्ञा दिँदै तत्काल आक्रमण रोक्न माग गरेको छ । 

पार्टीका महासचिव विप्लवले शनिबार जारी गरेको प्रेस वक्तव्यमा अमेरिकाले भेनेजुएलामाथि लागुपदार्थ ओसारपसारको झूटा आरोप लगाएर सैन्य हमला गरेको उल्लेख छ, जसले विश्वलाई स्तब्ध बनाएको छ । वक्तव्यमा भनिएको छ– हामी यो विध्वंसात्मक र अतिक्रमणकारी हमलाको घोर भर्त्सना गर्दछौँ ।' 


पार्टीले अमेरिकाको यो कार्य समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता सञ्चालनकै कारण गरिएको साम्राज्यवादी–सैन्यवादी हस्तक्षेप भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'फरक विचार र सत्ताका कारण हमला गर्नु भनेको राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवअधिकारको ठाडो उल्लंघन गर्नु हो ।' 


पार्टीले अमेरिकालाई यथाशीघ्र आक्रमण रोक्न र समस्याको समाधान वार्ता तथा सहमतिका माध्यमबाट खोज्न जोडदार माग गरेको छ । साथै विश्व राजनीतिक शक्ति, मानवअधिकारवादी र नागरिक समाजलाई यसका लागि सशक्त पहल गर्न पनि आह्वान गरिएको छ ।  समाचार साभार राताेपाटी

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
समाचार