सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ,२० पुष - राष्ट्रिय जनमोर्चाले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीको गिरफ्तारीलाई अमेरिकी दादागिरीको संज्ञा दिएको छ ।
कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीको हस्ताक्षरमा २०८२ पुस २० गते आइतबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।
वक्तव्यमा अमेरिकाले भनेअनुसार भेनेजुयलाले खनिज तथा पेट्रोलियम पदार्थको उपयोगबारे निर्णय गर्न नमानेकाले नै मदुरोको गिरफ्तारी भएको बताइएको छ ।
मदुरोको गिरफ्तारी अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको वडापत्र विरुद्ध रहेको बताउँदै वक्तव्यमा त्यसका विरुद्ध विश्वव्यापी रूपमा आवाज उठाउन अपिल गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“२०८२ पुस १८ गते राति अमेरिकाले भेनेजुयलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनको पत्नीलाई नियन्त्रणमा लिएर अमेरिकाको बन्दी शिविरमा पुर्याएको घटनालाई राष्ट्रिय जनमोर्चाले तीव्र शब्दमा भत्र्सना गर्दछ ।
भेनेजुयलाले अमेरिकाले भनेअनुसार आफ्नो मुलुकको खनिज र पेट्रोलियम खानीको उपयोगका बारेमा निर्णय गर्न नमानेको बदला वा प्रतिशोधस्वरूप नै अमेरिकाले आक्रमण गरेको कुरा कसैबाट लुकेको छैन । अमेरिकाले भनेअनुसार नगरेकै कारण एउटा स्वतन्त्र सार्वभौमसत्तासम्पन्न मुलुकमाथि आक्रमण गरेर त्यहाँको राष्ट्रपतिलाई गिरफ्तार गर्नु सरासर अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्र सङ्घको वडापत्रका विरुद्ध रहेको छ । यो सरासर अमेरिकी साम्राज्यवादको दादागिरी हो । अमेरिकी साम्राज्यवादले कैयौँ मुलुकमाथि आक्रमण गरी त्यहाँको सार्वभौमसत्ता र अखण्डतामाथि हस्तक्षेप गरेर आफ्नो युद्धपिपासु चरित्र देखाउँदै आएको छ ।
भेनेजुयलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण गरी निकोलस मदुरो र उनको पत्नीको गिरफ्तारीको घोर विरोध तथा भत्र्सना गर्दै त्यसका विरुद्ध विश्वव्यापी आवाज उठाउन सम्पूर्ण साम्राज्यवाद विरोधी सङ्घसंस्था, दल तथा व्यक्तित्वलाई हार्दिक अपिल गर्दछौँ ।”
प्रेसवक्तव्य :