अमेरिकी सैन्य परेडविरुद्ध नेकपा माओवादीको कडा आपत्ति, सरकारसँग स्पष्ट धारणा माग

सोमबार, फागुन ४, २०८२

काठमाडौं,३ फागुन  - नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले काठमाडौंमा सम्पन्न नेपाली सेना दिवसका अवसरमा अमेरिकी सेनाले परेड खेलेको विषयप्रति कडा आपत्ति जनाएको छ। पार्टीको केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा विदेशी सेनाको सहभागितालाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथिको गम्भीर प्रश्नका रूपमा व्याख्या गरिएको छ।

विज्ञप्तिमा नेपाली राजनीतिक दल र जनताको जानकारी तथा सहमति बिना विदेशी सेनाले परेड खेल्नु रहस्यमय र आपत्तिजनक भएको उल्लेख गरिएको छ। अमेरिकाको हस्तक्षेपबारे विभिन्न बहस चलिरहेका बेला यस्तो गतिविधिले थप शंका उत्पन्न गरेको पार्टीको दाबी छ।

पार्टीले उक्त घटनाबारे सरकारको आधिकारिक धारणा यथाशीघ्र सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय स्वाभिमान र स्वाधीनताको रक्षा गर्न सबै सचेत रहनुपर्नेमा जोड दिएको छ। साथै आवश्यक परे प्रतिरोधका लागि तयार रहन आम नेपाली जनतालाई आह्वान गरिएको छ।

उक्त विज्ञप्ति पार्टीका महासचिव विप्लव सीद्वारा हस्ताक्षरित छ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
समाचार