काठमाडौँ -६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

शुक्रबार, फागुन २२, २०८२

काठमाडौँ,२२ फागुन - काठमाडौँ  क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल विजयी हुनु भएकाे छ।

खनाल २७ हजार ७१९ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयाे।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाएका छन्। राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाउँदा र नेपाली कम्युनिष्ट पार्टीका हिमाल शर्मा २३१ मतमा समेटिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्
समाचार